काठमाडौं, असोज २८,
उत्पाल परासर :- नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो उच्च शिक्षा भारतबाट नै लिए। हालै उनी पढेको नेपालको स्कुलले पनि दक्षिणी छिमेकीसँग नाता जोडेको छ। भारतले भट्टराई पढेको गोरखाको लुइटेल गाउँस्थित अमर ज्योति जनता उच्च माविलाई ४ करोड ३६ लाख रुपियाँ दिने घोषणा गरेको छ।
४३ वर्षअघि १५ वर्षको उमेरमा भट्टराईले फलामे गेट मानिने एसएलसी परीक्षा यही स्कुलबाट पास गरेका थिए। उनी त्यतिखेर यो तहका नेपाल टपर हुन्।
पञ्जाव विश्वनविद्यालय अन्तर्गत नयाँ दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर र जवहरलाल नेहरु विश्वविद्यालय पढेका उनी गत शुक्रबार आफ्नै स्कुल पुगेका थिए। बाबुरामले नयाँ बन्ने भवनको शिलन्याससमेत गरे।
नयाँ निर्माणले ६२ वर्षभन्दा पुरानो र ८ सयभन्दा बढी विद्यार्थीले राम्रो वातावरणमा पढ्न पाउनेछन्।
'नेपालका प्रधानमन्त्री उत्पादन गर्ने स्कुलका लागि नयाँ भवन निर्माण गर्न पाउँदा मलाई खुशी लागेको छ,' भारतीय राजदूत जयन्त प्रसादले भने।
उनले नेपालको निर्माण क्षेत्रमा नेपालीको चाहना र सरकारको प्राथमिकताअनुसार भारत सहकार्य गर्न तयार रहेको बताए।
नेपाल-भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत भट्टराई पढेको स्कुलमा लगानी गरिएको हो। यो कार्यक्रम अन्तर्गत भारतले विभिन्न साना ठूला योजनामा ६४ अर्ब रुपियाँ खर्चदैछ।
यी आयोजनाहरु मुख्यतय : शिक्षा, स्वास्थ्य र भौतिक निर्माणका क्षेत्रमा केन्द्रित छन्। -(साभार:हिन्दुस्तान टाइम्स)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै