दसैं मान्ने खर्च जुटाउन नसक्दा आत्महत्या

काठमाडौं, कार्तिक ८ ,

शम्बू कट्टेल :- चितवनको अयोध्यापुरीस्थित गणेशकुञ्जमा गरिबीका कारण एक व्यक्तिले आत्महत्या गरेका छन् ।

दसैं मान्ने खर्च जुटाउन नसकेपछि स्थानीय ५० वर्षीय धनबहादुर परियारले आत्महत्या गरेका हुन् । खर्च नभएपछि अष्टमीका दिन धनबहादुरले छिमेकीसँग केही दिनमा पैसा दिने भन्दै मासु माग्दा नदिएपछि उनले आत्महत्या गरेका हुन् ।

 परियारले मंगलबार आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका १२ जना छोरा छोरी छन् । गणेशकुञ्जमा एक कठ्ठा सार्वजनिक जग्गामा सानो झुप्रो बनाएर बसेका परियारले भान्सा कोठाको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

चितवन प्रहरी प्रमुखरएस पी दीपककुमार थापाले गरिबीका कारण परियारले आत्महत्या गरेको बताएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com