फेस अफ द क्लासिक-ओसिमा I

क्लासिक डायमन्ड ज्वेलर्सले सञ्चालन गरको 'फेस अफ द क्लासिक डायमन्ड' प्रतियोगिताको फाइनल अडिसन यसै साता सम्पन्न भएको छ। प्रतियोगिताका लागि गत अगस्ट ११ मा पोखरा र अगस्ट १८ मा काठमाडौंमा प्रारम्भिक अडिसन गरिएको थियो।

प्रारम्भिक अडिसनबाट चयन भएकाहरूको यसै साता फाइनल अडिसन लिइएको थियो। प्रारम्भिक अडिसनमा छानिएका अन्तिम दसमा ओशिमा बानु, प्रिना महर्जन, आस्था पोखरेल, प्रिनिशा श्रेष्ठ, शिभाना श्रेष्ठ, छेवाङ पाल्मो गुरुङ, मनीषा बिष्ट, अस्मिता श्रेष्ठ, सञ्जिता तामाङ तथा बन्दना तन्डुकार थिए।

यो सूचीबाट अन्तिम पाँच हुँदै अन्ततः ओसिमा बानु 'फेस अफ द क्लासिक डायमन्ड' को विजेता चयन भइन्। उनले उपाधिसँगै क्लासिक डायमन्डको विज्ञापनमा फिचर हुने अवसर जुराइन्, भने १ लाखको नगद पुरस्कार पनि प्राप्त गरिन्।

यो मोडल हन्टमा प्रिना महर्जन फस्ट रनर्सअप तथा आस्था पोखरेल सेकेन्ड रनर्सअप घोषित भए। नेपाली मोडलिङ फाँटमा व्यावसायिक मोडलको परिचय बनाइसकेका यी तीनै जना विजेताले 'टाइमलेस प्यारागन ज्वेलरी फेसन शो-२०१२' को र्‍याम्पमा मोडलका रूपमा क्याटवाक गर्ने अवसरसमेत जुटाएका छन्। टाइमलेस प्यारागन ज्वेलरी फेसन शो-२०१२ आगामी सेप्टेम्बर २१ र २२ मा राजधानीमा सञ्चालन हुँदैछ।

उक्त ज्वेलरी फेसन शोमा ने पालका ९ जना तथा भारतका ८ जना व्यावसायिक मोडलका साथमा फेस अफ द क्लासिक डायमण्डका टप थ्री प्रतिस्पर्धी अनि चार जना पुरुष मोडल गरी जम्मा २४ जनाले र्‍याम्प नाप्नेछन्। सापताहिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com