गत शनिबार 'दोस्रो मिस ग्लोबल इन्टरनेसनल-२०१२' मा सहभागीहरूले प्रतियोगिताअन्तर्गतको मिस ट्यालेन्ट एवार्डका लागि आ-आफ्नो प्रतिभा प्रस्तुत गरे।
ट्यालेन्ट राउन्डमा अधिकांश प्रतियोगीको प्रतिभा प्रदर्शनको माध्यम नृत्य थियो जसमध्ये उत्साह शर्माको साल्सा, पेमा तामाङको कत्थक तथा शुभेच्छा राईको र्याप नृत्यले फरक स्वाद दिएको थियो। नृत्यबाहेक सहभागीहरूमध्ये केहीले गीत सुनाएका थिए भने केहीले अभिनय कला प्रस्तुत गरेका थिए।
उक्त अवसरमा विपश्यना वैद्यले किबोर्ड बजाएकी थिइन् भने रश्मिता भण्डारीले विश्वमा बढ्दो तापमानका सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन्। यी पाँच प्रतिस्पर्धीबाहेक यस पटकको मिस ग्लोबल इन्टरनेसनलको उपाधिको दौडमा सेलिना नकर्मी, समिक्षा सिटौला, पेमा शेर्पा, सिर्जना श्रेष्ठ, सुम्निमा श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुप्रभा कुँवर, करुणा खड्का, सोनु थापा, रोशनी अधिकारी, प्रिया सिग्देल र प्रियंका भण्डारी गरी १७ जना प्रतिस्पर्धी छन्।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीको आयोजनामा भदौ १८ गते मंंगलबारका दिन सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने फाइनल प्रतिस्पर्धामा मुख्य विजेताका अतिरिक्त फोटोजेनिक, ट्यालेन्ट, ड्रेस, वाक, फिगर आदि विधाका उत्कृष्ट पनि चयन गरिनेछ। साप्ताहिक: