तपाइँ कति फेसनेबल हुनुहुन्छ !I

फेसनसँगै अघि बढ्न फेसनसित जोडिएका मिस अन्डरस्ट्यान्डिङहरूबाट बाहिर निस्कनु आवश्यक छ । ड्रेसिङ सेन्समा सुधार ल्याएर अरूको नजरमा आफ्नो अलग पहिचान बनाउन सकिन्छ ।

भ्रमः पातलो वा स्लिम खुट्टामा सबै कुरा सुहाउँछ ।

वास्तविकताः स्लिम खुट्टा भएकाहरूले हट पाइन्ट लगाउनु हुँदैन । यसबाहेक सर्ट्स, माइक्रो मिनी स्कटर््स भुलेर पनि प्रयोग गर्नु हुँदैन । यसबाट खुट्टा अझ बढी स्लिम देखिन्छ ।

भ्रमः हाइट कम छ र शरीर मोटो छ भने लामो स्कर्ट र टप लगाउनु हुँदैन ।

वास्तविकताः लामो स्कर्टका साथै लामो टप लगाएर अग्लो देखिन सकिन्छ । यस्ता महिलामा लेअर्सयुक्त स्कर्ट सुहाउँदो हुन्छ । यो शैली लगभग हरेक किसिमको शरीरमा सुहाउँछ ।

भ्रमः नुडल स्ट्रेप चौडा काँध भएकाहरूलाई मात्र सुट गर्छ ।

वास्तविकताः लामो स्कर्टका साथमा हरेक प्रकारको स्ट्रेप जो कोहीलाई सुहाउँछ । यसलाई ह्वाइट, स्पेगेटी वा फ्लोरल स्कर्टका साथमा लगाउने हो भने लुक एकदम मस्त देखिन्छ ।

भ्रमः फ्लेअर्ड पाइन्ट विदेशी महिलालाई मात्र सुट हुन्छ ।

वास्तविकताः हल्का फ्लेअर भएको ट्राउजर यहाँका महिलाहरूलाई पनि सुट गर्छ । यद्यपि कम फ्लेअरयुक्त ट्राउजर वा पाइन्ट लगाउनु उपयुक्त हुन्छ । बढी फ्लेयर हुनाले त्यो जमिनमा लत्रन्छ र एक्टिभ लुक आउँदैन ।

भ्रमः लो वेस्टको पाइन्ट चौडा छाती भएका महिलालाई मात्र सुट गर्छ ।

वास्तविकताः हिजोआजको समय नै लो वेस्टको हो । यो स्लिम यौवनालाई बढी सुहाउँछ तर राम्रोसँग लगाइएन भने भद्दा पनि देखिन्छ ।

भ्रमः कम अग्ला एवं मोटो शरीर भएका महिलाहरूले बढी हगिङ ड्रेस लगाउनु हुँदैन ।

वास्तविकताः होचा महिलाले बढी हगिङ ड्रेस लगाउनुमा कुनै आपत्ति छैन । यसबाट शरीरलाई उभार प्राप्त हुन्छ । त्यसमा पनि स्ट्रेचेबल पहिरन राम्रो हुन्छ । सिफन र जर्जेटको साडी बढी सुहाउँछ । कटन, ओरगेन्डी वा कोटा आदिका साडी वा सुट लगाउनु हुँदैन । यसबाट शरीर अझ बढी मोटो देखिन्छ । स्लिम फिटिङ पहिरन यस्तै शरीरका लागि बनेका हुन् ।

भ्रमः अग्लो र स्लिम फिगर भएकाहरूले टाइट कपडा लगाउनुपर्छ र उनीहरूलाई बोल्ड पि्रन्ट सुहाउँछ ।

वास्तविकताः यो सोच गलत हो । यसो गर्नाले अझ बढी स्लिम देखिन सकिन्छ । यस्तो शरीर भएकाहरूले ठूल्ठूला वा बोल्ड पि्रन्ट भएका पहिरन लगाउनु ठीक होइन । यस्तो शरीरमा एउटै टोनको गाढा रंगको पहिरन सुट हुन्छ ।

भ्रमः गाढा रंग गोरा महिलालाई मात्र सुहाउँछ ।

वास्तविकताः यो सोच पनि एकदम गलत हो । कारण जब एउटै रंगका पहिरन लगाइन्छ, त्यो गहुँ गोरो वर्ण वा कालो वर्णकालाई बढी सुट हुन्छ । यी वर्णकाले भने कन्ट्रास्ट रंग र ठूला पि्रन्टबाट जोगिनुपर्छ ।

भ्रमः हिजोआज ट्रेन्डी एसेसरिजको फेसन छ, अतः सबै एसेसरिजलाई एकसाथ लगाउन सकिन्छ ।

वास्तविकताः एकपटकमा एउटै एसेसरिज लगाउनु उचित हुन्छ । यदि कुनै भड्किलो खालको पेन्डेन्ट लगाउनु छ भने त्यसका साथमा अरू कुनै एसेसरिज लगाउनु पर्दैन अर्थात् या त ब्रासलेट लगाउनुपर्छ वा इयरिङ वा घाँटीमा चोकर मात्र ।

भ्रमः अग्ला पुरुषलाई फिटेड सुट सुहाउँछ ।

वास्तविकताः अधिकांश पुरुषको बडी सेप नासपाती आकारको हुन्छ र हरेकलाई फिटेड सुट सुहाउँछ भन्ने जरुरी छैन ।

भ्रमः पुरुषलाई लामो केश सुहाउँछ ।

वास्तविकताः त्यसो त कतिपय पुरुष लामो केश पाल्छन् र पनि लामो केश केहीलाई छोडेर खासै सुहाउँदैन । हिजोआज छोटो केश राख्ने चलन छ र यो राम्रो टोनअप शरीरमा पनि सुहाउँछ ।

भ्रमः कुल र ट्रेन्डी देखिन चल्तीको फेसनको नक्कल गर्नुपर्छ ।

वास्तविकताः त्यही फेसन अपनाउनुपर्छ, जुन आरामदायक, सुविधाजनक एवं सुहाउँदो हुन्छ । फेसनको दौडमा अन्धाधुन्ध दौडनुभन्दा आफ्नो अलग स्टाइल बनाउनु राम्रो हुन्छ । नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com