गज़ल I



परदेशी यो छोरी संझी आँखाबाट नखस्नु है
अभावको कटारी त्यो छाती माँझ नधस्नु है !
.
आज भोली फूलको हत्या गर्ने माली बढेका छन्
हत्याराको बात लाग्ला बगानमा नपस्नु है!
.
लेकबेशी बन्द गर्ने तमसुक बन्दै छ रे
माटो बेच्ने दलालको चंगुलमा नफस्नु है !
.
मैले लेख्या शब्दहरू बैरी भाको बेला हो यो
आमा बाबा अबेर सम्म आँगनीमा नबस्नु है!

मीरा मन थापा
माइधार झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com