अर्को भाग्य रेखाको पर्खाइमा...!I



सबैलाई थाहा भएकै कुरा हो, अभावको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैवले। 

शायद छैठिको दिनमा भाग्यरेखा कोर्ने बेलामा भगवान लाई पनि सेतो कागज र कालो मसीको अभाब परेछ क्यार र त आज मेरो भाग्य लत्प- तिएको अक्षरले कोरिएको कागज झैं भएको छ। आफैले नबुझ्ने अनी कसैले पनि पढेर स्मरण गर्न नसक्ने उफ्फ भागवान ले कस्तो लेखिदिएछन मेरो भाग्य??? 

भागवान ले कोरिदिएको भाग्यको रेखा अस्पस्ट भएता पनि कर्म रेखा भने चम्किलो कोर्ने चाहना पनि आज यो प्रबास को रापिलो घाम ले खै कता बिलाईलाग्यो मलाई एउटै कुरा को बिस्वास थियो कि कर्म रेखा त आफैले कोर्ने रेखा हो।....हो आफ्नो कर्म आफै कोर्छु भन्ने दृढ सन्कल्प का साथ बढेका मेरा गतिसिल पाइला हरु आज रेगिस्तान को तातो बलुवा मा भासिदै जादा जिबन प्रतिको मोह तेसै तेसै घटेर जादै छ। समयको गति संगै सुख दु:ख ,घाम पानी सबै संघर्षका बावजुद कुनै कुराको प्रबाह नगरि जती नै दु:ख परेता पनि नआत्तिइकन साउनको भेलमा बगेको सालको मुढा जस्तै कहिले यो किनारमा त कहिले त्यो किनारमा ठोक्किदै अइया आथ्था को कुनै प्रतिक्रिया नदेखाई निरन्तर बगेको मेरो जिबन यो सामुन्द्रीक तट मा आएर किनारा लागेको धेरै भएको छैन ! 

वोरिपरी पानी को निलो समुन्द्र भए पनि म भित्र भित्र छट्पटाइ रहेको छु! चुपचाप जिन्दगी को रित लाई पुरा गर्दै रेगिस्तान को बलुवा हरु सँगइ आफ्नो भबिस्य उडेको देख्दा बिछिप्त हुन्छ यो मन!तर पनि खुशी नै छु जिन्दगी सँग कम से कम जती सुकै पिडा मा पनि हास्न सिकायो मलाई जिन्दगीले जस्तो सुकै परी स्थितीको सामना गरेर पनि जिवन बचाइ राख्ने कला सिकाईदियो जिन्दागिले मलाई! दुनिया हर्स उल्ल्हास मै हासेको देख्दा कता कता पीडाको बोध हुन्छ अनि सम्झन्छु पुर्खा को भनाइ "लेखेको पाइन्छ देखेको पाइदैन" हो यो कुरा आफै सँग सोध्न मन लाग्छ । के त्यो निर्दोश बालकको निधारमा कोरिएको रेखा असुभ थियो त? 

अशुभ भागय लेखिदिने भागवान अनि सधै किन मैले मात्र पिडा भोग्नु पर्ने??के मैले जीवन भर बिना गल्ती नै पिडा भोग्नु पर्ने नै हो त ? छी...... कसैले गरिदिएको गल्तिको सजायँ भोग्दै यो सुन्दर संसारमा सधै औंशीको रात जस्तो अन्धकार बनेर बित्ने यो जिबन भो मलाई चाहिदैन !!! भो मलाई चाईदैन यो हरपल मृगतृश्णा बोकेर पलपल मरेर जिबित राख्नु पर्ने एक मुठी प्राण !!! के गर्नु मैले यती गाली गर्दा पनि फिस्स म तिरा हेरेर मुस्कुराउने यो जिबन बितृस्णा मा जिउदा जिउदै एस्को पनि धेरै माया लग्न थलेछ

अनि...........अनि पुन सम्हाल्छु आफैले आफुलाई र जिबन प्रती आसा भरोसा को धिप धिपे दियो जलाउछु । "दु:ख पछी सुख अवस्य हुन्छ रे"!त्यही सुख को खोजी मा बर्षउ भयो दुख लाई आत्मसाथ गरेको, आफैले सजाएको आस्था र बिस्वासका मुनाहरु बिचैमा चुडिन थालेपछी यो कहाँली लाग्दो जिन्दगी देखी नै हारेको अनुभब लाई मस्तिस्क मा आउन नदिन फेरी आफै सँग प्रश्न गर्छु, के मैले मात्रै यो रंगिन संसारमा सधै भरी मुटु माथि ढुंगा राखेर हाँस्नु पर्ने??आखिर किन?अक्सर अचेल मलाई यस्तै अनेकनेक प्रश्नहरुले घच्घच्याई रहन्छ। 

झन्डै जीवनको आधा बसन्तहरुलाई पार गरि सक्दा पनि मैले जीवनमा कुनै त्यस्तो खुसीको पल पाउन सकिन जहाँ/जुन संसारमा म रमाउन सकु खुशी हुन सकु। शायद भाबिले नै छैटिमा यी सारा कुराहरु बाट मलाई बंचित गराएको छ । हुन त जस्को भाग्यमा जे लेखिएको छ त्यही नै जीवनमा भोग गर्न पाईन्छ भन्छन। मेरो भाग्यमा शायद..........मैले स्विकारनै पर्छ !!!

यो सुन्दर संसारमा जीवनका सारा दु:ख अनी वेदनाहरु लाई बिर्साउँदै सुख को एक मुठी सास फेर्ने आसा हरु पनि अब त रेगिस्तान को सुन्यता मा हराईसके छन!यो जन्म यस्तै भयो जिवन का सारा सपना लक्छ्य, उदेस्य,चाहना हराएर गएता पनि भागवान ले अर्को जन्म मा मेरो भागय को अ-इस्पस्ट रेखा हरु लाई पुन परिमर्जित गरेर म भागयहाँरा माथी थोरै न्याय दिलाउनु हुने छ भन्ने बिस्वास का साथ यो जिन्दगी लाई यही बिसाउदै अर्को जन्म को प्रतिक्छ्या मा......!
..................................... बस अर्को भाग्य रेखाको पर्खाइमा......!!!

प्रदिप बुढाथोकी ,झापा , हाल कतार :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com