परदेशीनुको पीडा मनमा लुकाउदै
बनावटी हाँसो ओठमा फैलाउदै
नेपाली दाजु भाईले पकायको
दर खाने निम्तोले रमाउन थाले म
आई रहेको महान चाड तीजमा
साथी संगीलाई साईनो लागाउदै
तीजको दर खान रमाईलो गर्न
निम्तो दिदै हिड्दै रमाउन थाले म
सम्झी गाउँ घर आँशुको धारा चारै प्रहार
जम्काभेट भई संगिनी मनका बाध फुकौदै
दुई चार थोपा आँशु बगाउदै
मनको बेदना मनमै लुकाउदै रमाउन थाले म
तीजका गित गाउदै माईतीको
सम्झना र नयास्रो मेटाउदै
रातो साडी हातमा चुरा लगाउदै
परदेशमा आफ्नो सास्कृतिकलाई जोगाऊदै
रमाउन थाले म
पिल्सियाको छ यो मन
समझदा पिडा हुन्छ धेरै झन
त्यई पनि तिजको आनन्द लिदै
नेपालीको आफ्नोपनमा रमाउन थालेको छु म
कबिता शर्मा :
जोरपाटी, (काठमान्डौ),
हाल इज़रायल :