शिर बाट खस्छ जब,
कन्सिरी हुदै,
त्यो मोती झैँ दाना,
कता -कता,
काउकुती लाउदै/
मझेरी छाती,
आफ्नो रुप परिवर्तन गर्दै/
बहाबको गति फेर्दै/
तप्प-तप्प चुहिन्छ जब,
पसिना,....
बिरानो ठाँउमा
बिरानो गाँउमा
मात्र .....
तिम्रो याद आई दिन्छ/
तिम्रो सम्झना आई दिन्छ/
तिम्रो पीडाले मेरो मुटु छिया-छिया हुन्छ/
हो!आमा,.....हो,....
बाँजो भएर बसेकी छौ/
खाली-खाली प्रती बनि खसेकी छौ/
तर यो कस्तो बिवस्ता हो?
सोच्छु आफै,
अनुत्तरित हुन्छ आफ्नै सोच,
सुन्य हुन्छ मस्तिष्क,
किंकर्तब्यबिमुढ़ हुन्छ,
भावनाहरु,...
पराई भूमी सिच्नुको कारणहरु खोज्दा खोज्दै,
तर,....
तर,..अचानक यस्तो सोच्न थाल्छु/
साहस र आत्म बल बढेर
जोस र जाँगरहरुलाई,
बिउताई दिन थाल्छ/
फर्की आफ्नै जन्मभुमी,
सिच्नेछु आफ्नै पसिनाले अब,
बाँजो र बन्जर कतै रहने छैन/
हिरा मोती तिम्रै कोख बाट उत्खनन गर्ने छु/
अब यसरि खेर जाने छैन,
पसिनाको समुन्द्र,
सिमेन्टको ढलान माथी,
तातो कराईमा पानी खन्याए जस्तो,
भयो अब,..
आफ्नै पाटो मलिन पार्ने छु/
आफ्नै माटोमा उब्जाउ भर्ने छु/
देशको निमित
आफ्नो निमित
भाबी सन्ततीको निमित
किन कि,.....
भोलि आज जस्तो नहोस/
,......आज जस्तो नहोस....
कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया