याद मात्र बाकी रहयो अब I

.....अशान्त मन र जलिरहेको मुटुबाट भए पनी तिम्रो नाम मा अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरुको सौगात प्रेषित गरेको छु ।

चिथोरेको छैन तिम्रो जिन्दगी लाई चिहाएको मात्र हो अतित लाई, मन त थिएन तिमीलाइ यि सब लेखेर तिम्रो ब्यक्तिगत जिबनलाइ आघात पुरयाउनु तर पनि हेरन उठिसकेका यि निर्दोष कलम ब्याकुल छन मन भित्रका बोझीला अनी चोटिला भाबना हरु निर्जिब कागज माथि बिसाउन अब बाँकी नै के रह्यो र बस एक थोपा कालो मसी र एक टुक्रा सेतो कागजमा भाबना हरु पोख्नु बाहेक यती सम्मको अधिकार त दिन्छौ होला नि हैन......???

शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु ।

आखीर भगवान लिला भनु या आफ्नै खोटी भागय को दोस जे भने पनि सृष्टि कर्ताको चक्रव्युह मा जकेडिएको मेरो जिवन ले हेरु कहाँ सम्म पुराउछ मलाई????? समयको यो लामो दौडान पछी आज अनायसै मायाका बेग हरु थेग्नै नसकिने भेल बनेर उर्लिएको छ!आफुले आफुलाई सम्हाल्न नस्क्दा अनि त्यो मोठो अतित लाई बिर्सन नस्क्नु को उपज बाध्य भएर तिम्रो जिन्दगीलाई थोरै दुखाउदै छु! तिमीले त मलाइ बिरसी सक्यौ होला म पनी तिमीलाइ बिस्रने चेस्टा गर्दै थिएँ गर्दै थिए तर के गर्नु तिमीलाई बिर्सन मैले सम्झनु पर्छ सम्झेर फेरी म बिर्सु कसरी????

आज अचानक तिम्रो स्मृतीहरु मनसपटल मा प्रतिबिम्ब बनेर आयो..... त्यही नसालु नजर,मन्द मुस्कुराहट मलाइ नै जिस्काइरहेछ तिमीले त भुलीसक्यौ होला ति रंगिन गोधुली साँझहरु ..पुर्णीमाको रातहरुमा जुनको सितलतालाइ ओढी सपना बुन्न खोज्छु कतै तिमी मेरो अध्याँरो जिबनको रोशनी बोकेर आउँछयौ कि भनेर,बर्षातको भेल सँगै पानी बनेर बग्छु कतै तिमी समुन्द्रको गहिराइ भित्र तैरिदै छौ कि भनेर, ति अँध्यारा सुन्य रातका चम्किला ताराहरुलाइ हेर्छु कतै तिमी त्यसरी नै मलाइ चिहाइरहेकी छौ कि भनेर,बिहानीको ति सेता टलकिएका हिमशिखरहरुमा खोज्छु कतै तिमी मलाइ नै जिस्काइरहेकी छौ कि भनेर तर सब यि मेरा निरर्थक प्रयास मात्र थिए जब कि तिमी टाढा क्षितिज पारी बिलकुलै नौलो संसारमा रमाइरहेकी थियौ तिम्रो आफ्नै ब्यक्तिगत संसारमा ……॥

 जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मसतिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन ति तिम्रा नामहरु जुन मेरो भावना सँग जोडिएको छ।

आज तिमी प्रतीको माया,मोह हरु प्रगाढ भएको छ । तर पनी के गर्नु समय म भन्दा धेरै अगाडी गइसकेको छ बस अब त बिगतको मिठो स्मृतीहरुले अध्याँरो भबिष्य सजाउनु सिवाय…मेरो गोरेटो काँडाले भरिएपनी जिन्दगीको गोरेटोमा लरखराउदा लरखराउदै कतै ढलेछु भने श्रद्धाञजली स्वरुप एक थुँगा फुल चढाइदेउ ल । बस यती मात्र ……..।"

प्रदिप बुढाथोकी ,झापा , हाल कतार :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com