टिकट पाए निर्वाचनमा उमेद्वार बन्ने-रेखा I

लोकप्रिय कलाकारहरू राजनीतिमा आउनु ठूलो कुरा होइन। यो परम्परा हलिउड तथा बलिउडमा पनि विद्यमान छ। नेपाली चलचित्र क्षेत्रमा  पनि कलाकारहरू राजनीतिमा नआएका होइनन्। 

यतिबेला नायिका रेखा थापा र राजनीतिको चर्चा चुलिएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डसँग नियमित भेटघाटमा रहेकी नायिका रेखा थापासँग  प्रचण्डले भविष्यमा राजनीतिमा आउन तयार रहनु भन्ने आशयको कुरा  गरेपछि उनी राजनीतिमा आउने सम्भावना बढेको हो। 

आगामी निर्वाचनमा एमाओवादीले रेखालाई टिकट नै दिने सम्भावना पनि छ। रेखाले  पनि टिकट पाए निर्वाचनमा उमेद्वार बन्ने सम्भावनालाई नकारेकी छैनन्। निर्वाचनको टुंगो नभएकाले यो भविष्यको कुरा हो। 

त्योभन्दा पनि  महत्वपूर्ण कुराचाहिँ के हो भने अहिले चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ। एमाओवादीकै नेतृत्वमा सरकार रहेको र विकास बोर्डको  मुख्य पद खाली रहेको अवस्थामा कतै रेखा त्यही पदका लागि प्रचण्डसँग नियमित भेटघाटमा त छैनन् ?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com