आई क्लबमा फेसन I

गएको बुधबार दरबारमार्गस्थित आई क्लबमा फेसन पार्टीको पछिल्लो संस्करणका रूपमा 'फेसन पार्टी फेज सिक्स' शीर्षकमा एउटा रमाइलो  कार्यक्रम सम्पन्न भयो। 

बेटर ग्यालेक्सीको आयोजनामा सञ्चालित उक्त फेसन पार्टीमा कुपण्डोलस्थित फेसन स्टेसनकी डिजाइनर नम्रता ओ लीले तयार पारेका पहिरनलाई सहभागी मोडलहरूले प्रदर्शन गरेका थिए। उक्त फेसन कार्यक्रममा मेकअप आर्टिष्टद्वय सिर्जना श्रेष्ठ र  लक्ष्मीको श्रृंगारमा थप आकर्षक देखिएका सहभागी दस जना मोडलले विभिन्न ६ वटा सिक्वेन्समा र्‍याम्प नापेका थिए। 

फेसन शोमा  रंगीविरंगी डिजाइनर साडी, आकर्षक लुक भएका इभिनिङ गाउन, वनपिस ड्रेसहरू, जिन्स तथा ढाकाका कपडाबाट तयार पारिएका पहिरनको  फ्यूजन शैली, कुर्ता-सलवारका विविध शैली तथा क्याजुयल वेयर आदि प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रमलाई गायकद्वय कमल खत्री र  सुमन श्रेष्ठले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेर संगीतमय बनाएका थिए।साप्ताहिक ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com