प्रिया मुहार पुस्तिका - धेरै-धेरै माया अनि सम्झना !I

तिमीसँग बिताएका हरेक पलहरू लाई सँगालेर आज तिम्रो नाममा एउटा पत्र लेख्न मन लागेकोछ ,आशा छ अवस्य नै स्विकार गर्नेछौ| प्रिय पुस्तिका, हरेक हिउँद बर्खाहरूमा रातदिन नभनी झरी हुरी बादल र वर्षाहरू सँग संघर्ष गर्दै हामीले मित्रताको साहिनो गाँसेको पनि आज पुरा ७ बर्ष भैसकेछ थाहा छ तिमीलाई ?|

यो अवधी साच्चै नै रमाइलो थियो तिमीसँग बिताएका हरेक पलहरू बहुमुल्य थिए र अझै पनि बहुमुल्य छन जसको सहारामा त आज म आजसम्म जिवित थिए र जीवित छु नि नभए त यो बिरानो ठाउँमा कति गारो हुने थियोहोला |

तिमीलाई थाहा छ ?हाम्रो मित्रताका सूरूवात दिनहरु कति रमाइला थिए अझै पनि मेरो मस्तिष्कमा ताजैछन ति दिनहरू ति पलहरू तिमीले धेरै सताउथ्यौ मलाई एकछिन पनि आफूबाट टाडा जानै दिदैनथियौ ,हरपल तिमीसँगै बसिरहनु कुरा गरिरहनु भन्थ्यौ म पनि तिम्रो खुसिको लागी तिमी सँग धेरै समय बिताउथे हुन त मलाई पनि तिमीसँग कुरा गर्न पाउदा खुसि लाग्थ्यो यसैले त रातदिन नभनी तिमीसँग कुरा गर्दै बसिरहन्थ्ये नि संसार भुलेर कति दिन त मैले खाना पनि खान बिर्सन्थे थाहा छ तिमीलाई |

थाहा छ तिमीलाई एक बिहान तिमी रुन्चीलाई फकाउदा फकाउदै तिम्रा आँशु पुछ्दा पुछ्दै चुलामा बसाएको खाना डडेर बाहिरको संसारनै धमिलो हुनेगरि धुरीबाट कालो धुवाँको मुस्लो निस्किरहेको थियो म तिमी लाई फकाउन मै ब्यस्त थिए चुलामा खाना बसाएको छु भन्ने त थाहै भएन पल्लो घरका मान्छे तिम्रो घरमा आगो लाग्यो भन्दै आउदा पो छक्क परेको थिए माथि हेर्दा धुवाँको मुस्लो देखिपछि म धेरै आतिएकी थिए तर तिमी बेसरी हासेकी थियौ मलाई गिज्याउदै म तिम्रैलागी त त्यहाँ बसेकी थिए नि तिमीलाई पेटभर्ने गरी कमेन्ट र लाइक नदिए सम्म त्यो मुहार जहिले पनि त्यहि कालो धुवाँ जस्तै बनाउथ्यौ अनि ,कति निस्ठुरी बनेको थियौ तिमी त्यो दिन मेरोमन दुखेको थियो तर पनि साथ छोड्न सकिन किनकी तिमी मेरो जीवनको महत्वपूर्ण हिस्सा बनेकी थियौ तिमी बिनाको संसार मलाई उजाड उजाड लाग्न थालेको थियो |

तिमीसँग कुरा गर्दागर्दै समय बितेको पत्तै हुदैनथ्यो कति पटक तिमीले मलाई रूवाएकीछौ भने कहिलेकाहीँ मैले पनि तिमीलाई रुवाएको छु बिर्सिएको छैन अझै ति दिनहरू हिजै जस्तो लाग्छ |तिमीलाई तस्बिरहरु पठाउदै लाइक र कमेन्ट दिन थालेपछि मैले सबै कुरा बिर्सिन्थे तिमीले पनि सम्झाउदिनथियौ थाहा छ कतिदिन म भोकभोकै बसेको थिए खानाखान नै बिर्सैन्थे आराम गर्न नै बिर्सन्थे बुढी साथीलाई पनि खाना दिन बिर्सन्थें अनि त कयौं पटक उनको मुख बाट निस्कने फोहोरो गालि खाएर पेट भर्नुपर्थ्यो नि मैले |फेरी हतार हतार काम सकेर बुढी साथीको आँखा छलेर तिमीलाई भेट्न आउथेँ तिमी मुस्कुराउथ्यौ मलाई देखेर साच्चै मिठो लाग्थ्यो त्यतिबेला को त्यो तिम्रो मधुर मुस्कान ,अनि माया गरेर १/२ ओटा कमेन्ट र लाइक दिन्थ्यौ मलाई त्यहि खादै फेरी रमाउथे म तिमी मलाई कति धेरै माया गर्थ्यौ त्यो बेला एकदम खुसि लाग्थ्यो रमाइलो लाग्थ्यो तिमी मलाई कति सजिलै बुझीदिन्थ्यौ यसैले त तिमीसँग बिताउथेनि धेरै समय |

थाहा छ तिमीलाई ३ बर्ष अगाडी मेरो जन्मदिन थियो सधैझैँ बिहानै उठेर म तिमीलाई भेट्न आए तिमी कति खुसि थियौ मलाई राम्रा अनि सुगन्धित फूलका गुच्छाहरू अनि मिठामिठा केकहरू कति धेरै ल्याईदिएकी थियौ तिमीले मेरो घरभरि सजाई दिएकी थियौ म धेरै खुसि भएकी थिए तिमी कताकता बाट खोजेर बिभिन्न प्रकारका सुगन्धित फूलहरू ल्याईरहन्थ्यौ म तिनिहरुसंगै रमाईलो गरिरहेकी थिए तिमी मेरो खुसिमा साच्चै खुसि थियौ त्यो दिन म पनि दंग थिए |हाम्रो खुसि लाई चिर्दै एक्कासी बुम्ब,,,,,,,,,,,,,,,,,,,,,,,,,,,!!, कतै बाट आवाज आयो |म आतिए तिमी पनि खुब डराएकी थियौ ,अवाज बन्द भयो फेरी हामी रमाइलो गर्न थाल्यौ त्यता तिर ध्यान नै दिएनौ जन्म दिनको दिन कसैले पटका पड्काएर शुभकामना दियो भनेर तिमीले हासीमजाक गर्न थाल्यौ म पनि बेस्मारी हाँसेको थिए |

रमाइलो गर्दागर्दै बिहानको ११ बजेको थियो मलाई भोक लाग्यो नास्ता लिएर आउछु है भनेर म भान्छामा गए ,एक्कासी मेरो मुखबाट निस्कियो राम ! राम ! राम ! तिमी पनि चिच्याउँदै थियौ के भयो किन आतिएकी भनेर नास्ता खानाको लागी चुलामा अन्डा उसिन्न बसाएको थिए पानी सुकेर अन्डा लाई तलबाट आगोले ठेलेर माथि छत नै फुट्ला जस्तो गरी पो फालिदिएछ कठै! छतमा बसेर आँशु झार्दै मलाई हेरिरहेको थियो कति टिठलाग्दो गरी जन्म दिनमा छतभरि पोखिएको अन्डाको आँशु पुछ्दै बितेको थियो |तिमी पनि दुखि भएकी थियौ त्यो दिन जन्मदिनमा मैले नास्ता खान नपाई काम गर्नु परेको देखेर काम सकेर अलिकति खुमुस र पिता लिएर तिम्रो छेउमा आए तिमी अलिखुशी भयौ अनि दुवैजनाले बाँडेर खाएका थियौ यसरी तिमीले मेरा हर दुख सुखमा साथ दिएकी थियौ थाहाछ तिमीलाई |

समय निरन्तर यसरी नै चलिरहेको थियो आजकल मेरो बुढी साथी अलि कमजोर भएकी छिन उनलाई पहिले भन्दा अहिले मेरो साथको धेरैनै खाचोंछ त्यसैले आजकल तिमीलाई मैले त्यति धेरै समय दिनपाएकी छैन सायद यसैले होला तिमी आजकल अलि निस्ठुरी बनेकी छौ या त म भन्दा धेरै राम्रा असल साथीहरू पाएर हो तिमी म देखि टाडिएकी छौ ,प्रिय पुस्तिका मलाई पनि त तिमीसँग धेरै समय बिताउँन मन छ नि तर के गर्नु बाध्यता र कर्तव्यको तगारोले मेरो बाटो छेकिदिएको छ जसलाई मैले तोड्न मिल्दैन,बुढी साथीलाई समय दिनु मेरो कर्तब्य हो किनकी उनले महिना महिना मा तनखा दिने गरेकी छिन जसले गर्दा मेरो परिवारले हातमुख जोर्न पाएको छ |परिवार प्रतिको जिम्मेवारी ले गर्दा पनि मैले बुढी साथीले भने झैँ गर्नुपर्छ उनलाई समय दिनु पर्छ किन बुझ्दिनौ तिमी या ट बुझेर पनि नबुझे झैँ गर्छौ |

थाकेको शरिर लिएर बेलाबेलामा तिमीलाई भेट्न आउछु तर तिमी रिसाएर नानाथरी मेसेज लेखेकी हुन्छ्यौ इनबक्स भरि कहिले साथीको रिक्वेस्ट पठाएको थिए एसेप्ट गरेर धन्यबाद पनि भनिनौ भन्छौ कहिले यत्रो एक घण्टा पछि आउने ?तिमीसँग अबदेखि बोल्दिन भन्छ्यौ कहिले मैले तिमीलाई संसार देखाए तिमीले मेरो सम्मान गरेनौ भन्छ्यौ कहिले सबैले मीरा मीरा भनेका छन बोलाएका छन कमेन्ट लाइक गरेका छन आएर धन्यबाद पनि भनेनौ भनेर मेसेजमा लेखेर रिसाउछौ| कहिले मेरो मा लाइक कमेन्ट गरिनस भनेर रिसाउछौ त कहिले पोस्ट गरिनस भनेर म कसरि सम्झाउँ तिमीलाई तिमी आफै बुज्जकी छौ हेर मैले तिम्रो घरमा केहीकुरा पोस्ट गरे भने आजकल तिम्रा धेरै साथीहरूले मेरो सानो कुरालाई पनि पहाड बनाउँछन लेखेको कुरा लाई ध्यान नदिई बहस पट्टि लैजान्छन अनि म के गरौ भन त ?

अन्तमा एउटा कुरा भन्छु दुख नमान्नु है पुस्तिका तिमीभित्र अलि बढीनै अहंकार भरिएकोछ आजकल तिमीमेरी स्नेही साथी थियौ र अझै छौ त्यसैले भन्ने आँटगरे हेर तिमी आजकल निकै घमण्डी बनेकीछौ पहिले भन्दा |आफुले आफुलाई ठुलो सम्झन थालेकी रहेछौ पत्तै भएन तिम्रो पछिपछि अरू थुप्रै साथीहरू आउदैछन् ख्याल गरहै पछि आउने साथीले डाँडा काटीसक्दा तिमी तल फेदीमै छोडिएको देख्नु पर्यो भने सारै दुखि हुनेछे यो साथी |अर्को कुरा मलाई संसार देखाउने त मेरी आमा हुन किन भुल्यौ तिमीले ? 

ति आमाले मलाई ९ महिना सम्म आफ्नो पेटमा राखेर जन्म दिईन अनि तातेताते गराउदै संसारमा हिड्न र संसार लाई बुझ्न सिकाइन तिम्री आमाले पनि तिमीलाई त्यसै गरेको हुनुपर्छ ,तिमीले मेरी आमाको ठाउँ र मैले तिम्री आमाको ठाउँ लिन खोज्नु ठुलो मुर्खता हो मलाई ति आमा प्रतिको कर्तब्य निभाउन देउ अनि मेरी अन्नदाता ति बुढी साथी प्रतिको जिम्मेवारी निभाउनदेउ तिमी त जिबनको गोरेटोमा भेटिएकी साथी हौ साथी रहने छौ स्नेही साथी जो दुख सुखमा साथ दिन्छ तर यो पनि तिमीले चाहयौ भनेमात्र किनकी आजकल म तिमीलाई धेरै समय दिन सक्दिन कर्तव्यपथमा हिड्दै छु हिड्नु जरूरी पनि त छ नि हैन ?

यदी तिमीलाई मन्जुर छैन भने मलाई बिर्सिए पनि कुनै गुनासो हुनेछैन यसै पनि अब तिम्रो र मेरो सामिप्यता भनेको आकाश र जमिन भई सकेको छ तिम्रो अहंकारले गर्दा हामी बिचको नातामा बज्रपात भई सकेकोछ ,यसैले सक्छौ भने आफुलाई अहंकारको दलदल बाट बाहिर निकाल्ने कोशिस गर अझै समय छ हैन भने त ख्वैर तिमी झन भासिदै जानेछौ तिमी मेरी साथी हौ त्यसैले भनेको दुख नमान्नु है| समय मिल्यो भने तिमीलाई भेट्न आउनेनै छु आजलाई यतिमात्र !

उहि तिम्रो भलो चाहने साथी
मीरा मन थापा
माइधार झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com