गजल I



मेरै घिच्रो समाउछौ के सुरक्षा गर्नु तिम्रो?
बोल्दा तिघ्रो कमाउछौ के सुरक्षा गर्नु तिम्रो?

राष्ट्रको श्री सम्पतीमा आँफै आगो लगाएर
तमासा हेर्दै रमाउछौ के सुरक्षा गर्नु तिम्रो?

कार्वाहीको माग गर्छौ चोर डाका छुटाउन
बिन्ती पत्र थमाउछौ के सुरक्षा गर्नु तिम्रो?

सदनका महान नेता अपहरण अपराधमा
आफै खुट्टो जमाउछौ के सुरक्षा गर्नु तिम्रो?

तिमी भयौ भस्ट्रचारी सबै लाई उस्तै सम्झी
आँफै जस्तो ठमाउछौ के सुरक्षा गर्नु तिम्रो?


जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com