कविता - बिरही तीज : By, Komal Bhatta



पोहोरको तीजमा पनि, टन्नै आँशु झार्यौ नानु l
वर्षदिनको चाहाडमा, अँध्यारो मुख पार्यौ नानु l

खुसि छैन तीजमा पनि, आयो गयो पत्तै भेन ,
योबर्षको तीजलाई भनी, चोलोसारी फार्यौ नानु l

टिल्पिलाये आँखाहरु , सुँक्क सुँक्क गरी बस्यौ ,
नखाएर बस्यौ दर नि, खान्न भनी टार्यौ नानु l

सम्झीएर अतीत लाई, भक्कानिदै बस्यौ सँधै ,
बिरामी झैं बसिरह्यौ खाने कुरा बार्यौ नानु l

बिरानु भो माइती घर, निम्तागर्ने कोहि छैन ,
बिधाताको खेला सङ्ग, तिमी पनि हार्यौ नानु l

रँगी चङ्गी पोशाकमा ,नाच्दै गाउँदै हिडछन् सबै ,
झ्याउरियेर बसेकीछ्यौ, इच्छा आशा मार्यौ नानु l

हास्ने खेल्ने जिन्दगीमा डाँको छोडी रून थाल्यौ ,
एकान्तमा गुन्गुनाउन, विरह गीत खार्यौ नानु l

कोमल भट्ट,काठमाडौँ , (हाल:-न्यु योर्क )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com