भगवान्ले फुर्सदमा बनाएकी सुन्दर सिर्जना हुन्-उषा । म साधारण मानिस, उनलाई देखेपछि गीतकार भएँ । म्युजिक प्लस कार्यक्रम चलाउन महिला भिजे खोज्ने क्रममा उषालाई पहिलो पटक इमेज च्यानलमा देखेको थिएँ ।
पहिलो भेटमै उनको सुन्दरता र मीठो बोलीप्रति म नतमस्तक भएँ । सुरु-सुरुमा उनलाई कार्यक्रम चलाउन गाह्रो भयो । लेखेर दिएको स्त्रिmप्ट राम्रोसँग बोल्थिन् । यद्यपि त्यसै कार्यक्रम गर्नुपर्यो भने पसिना आउँथ्यो । विस्तारै उनले आफूलाई सुधारिन् । अहिले उनी एकै पटकमा साह्रै सुन्दर तरिकाले कार्यक्रम सञ्चालन गर्न सक्छिन् ।
उनको मुख्य विशेषता समयमा काम सक्नु, इमान्दार रहनु तथा मेहनत गर्नु हो । हाम्रो भेट भएको वर्ष नै उनले मिस नेपालमा भाग लिइन् र टाइटल पनि जितिन् । यद्यपि उनमा घमण्ड थिएन । केही समयपछि हामीले सँगै जीवन बिताउने निधो गर्यौं । हामीले सँगै काम गरेको पनि दश वर्ष भैसक्यो । म्युजिक प्लस बन्द भएपछि उनले च्यानल नेपालका ५ वटा कार्यक्रममा प्रोड्युसर, डाइरेक्टर तथा भिजेका रूपमा काम गरिन् । त्यतिबेला मात्र मैले उनको क्षमता र गुणलाई चिनेको हुँ ।
मैले विज्ञापनको निर्देशन गर्न थालेपछि मोडलका रूपमा उनलाई नै लिएँ । उषा मेरी श्रीमती भएका कारण होइन, उनको विकल्पमा सुन्दर महिला कोही नदेखेर नै मैले उनलाई विज्ञापनमा लिएको हुँ । उनमा भएको आत्मविश्वास तथा खुबीका आधारमा उनलाई उपलब्धिमूलक कार्यक्रम गर्न दिनुपर्ने आवश्यकता मैले उनमा जति क्षमता देखेको छु, त्यो क्षमता दर्शकहरूले देख्न पाएका छैनन् ।
सकारात्मक पक्षः कामको गहिराइसम्म पुग्ने, काम लिन सजिली तथा लप्पन-छप्पन नजान्ने ।
सुझावः चाँडै चित्त दुखाउनु एवं अरूको कुरामा चाँडै विश्वास गर्नुहुदैन ।
जीपी तिमिल्सिना, प्रोड्युसर
साइनोः श्रीमान्. (नारी )
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै