दाँत सड्दा ११ कैदीले ५० करोड डलर क्षतिपूर्तिको मांग गरे I

न्युयोर्क , आश्विन ७,

अमेरिकाको न्युयोर्कमा एक कारागार विरुद्ध ११ कैदीले ५० करोड डलर क्षतिपूर्ति दाबी सहित अदालतलाई गुहारेका छन् ।  उनीहरूले अदालत समक्ष यही कारणले दाँत सड्ने र दुःखाइबाट पीडित भएको गुनासो गरेका छन् ।

उनीहरूले दाँत सफा गरिने यन्त्रको माग गरेका छन् । यो नहुँदा दाँत कुहेर झरिरहेको उनीहरूको भनाइ छ । कारागारमा यस खाले यन्त्र राख्ने अनुमति हुन्न । यो यन्त्रलाई हतियारका रूपमा प्रयोग हुन सक्ने सम्भावना रहेकाले यो नियम ठीक भएको कारागारका अधिकारी जस्टिन प्रुइनले बताए ।

मुद्दा दर्ता गराउने कैदी नाइके सान्टियागो गोमेजले अन्य जेलमा यो यन्त्र राख्ने अनुमति भएको बताए । यो कारागारमा बस्ने कैदीले दैनिक तीनपटक दाँत सफा गर्छन् । यति हुँदाहुँदै पनि उनीहरू दाँतको समस्याबाट पीडित छन् । कारागारमा दाँतको उचित उपचार सुविधा नभएको कैदीहरूको गुनासो छ ।

प्रुइनले यो समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । तर, कैदी कर्मचारीको सुरक्षा पहिलो प्राथमिकता भएको उनले स्पष्ट गरे ।एजेन्सी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com