भावीले नै ढाटयो मेरो I



टुटीहाल्ने सम्बन्धको,कसले डोरी बाट्यो मेरो?
बेलई नभई कुरूप भएँ,कसले रुप चाट्यो मेरो?

 रङ्गी चङ्गी फूल फुल्थे,ओइलाउँदै सुक्न थाले l
 भाग्यले नै ठग्यो क्यारे,खुसि डाँडो काट्यो मेरो l

 स्वर्गजस्तै संसारमा,कसकोआँखा लागिहाल्यो?
बलिन्द्रत्यो आँशुसँग,कसले हाँसो साट्यो मेरो ?

 धैर्यताको बाँध भत्क्यो,सम्हालिन कठिन भयो l
गहिरोगहिरो चोटलाग्यो,प्यारोमुटु फाट्यो मेरो l

 वियोगमा तड्पी तड्पी,बाध्यतामा बाँच्नु पर्यो l
निधारमा लेख्ने दिनमा,भावीले नै ढाटयो मेरो l

कोमल भट्ट ,काठमाडौँ 
(हाल:-न्युयोर्क )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com