जीतिरहंदा सम्म हारेको नै महसुस भैरहेथियो :
जब, साच्चै आज हार्दा यो मन एकदम खुशीछ :
पाउँदाको खुशी भन्दा गुमाउँदाको हर्ष बढी छ :
ती हत्कडी लागेका पाल्किहरु कतै हटिसकेछंन :
समयलाइ निस्ठुर हो भनौं वा बलवान, चुप-चाप छ :
नछोयेरै दुखाउने नबोलेरै झुकाउने निशब्दमै रुवाउने :
यस हारले हिम्मत र जिवान बुझ्ने सार दिएकोछ :
पीडा सहन गर्ने अर्को फलामरुपी किला दिएकोछ :
हराएछन झिल्काहरु खुशीका कतै बन्दकी राख्नै परेन :
सकिएछंन अमूल्य आँशुहरु फेरी दुखि भै झार्नै परेन :
अझैं कतिछ कुन्नि बाँकी हारको साँझ सँग सम्झौंता गर्नु :
बत्तिएर आफै व्यंग्यमा रँगमंच खेल्दै यहाँ-कतिखेर मर्नुछ :
यासिन राइ ,
काठमाण्डौ, हाल-इज़रायल ;