कविता - प्रश्न I



भन्नुहोस् न साथी विदेशको काम कस्तो छ?
काम अनुसार मजदुरीको दाम कस्तो छ?

हास्दै दाम गन्दा ईज्जतको ख्याल गर्नु नि!
नेपाली हौ हामी बोलाउने नाम कस्तो छ?

नाम दाम च्याप्दै नबिर्सनु आफ्नो देह यो,
"स्वास्थ्य नै हो धन"काम गर्ने ठाम कस्तो छ?

ठाम न्यास्रो छ कि?नेपालकै जस्तो हावापानी,
चर्को छ कि धुम्म जिउ पोल्ने घाम कस्तो छ?

घाम पानी बिर्सी खट्नु पर्छ अरे भन्छन,
हात भरि ठेला उठ्दा चोट्को डाम कस्तो छ?

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com