कविता - बन्दुक र नारी : By, जीवराज बुढाथोकी



यो एउटा, अदम्य साहस् नारीसुलभ हातमा,
घातक बस्तु, चिन्दैन कोही, दिन वा रातमा !!

किन ? यिनीलाई यसको मोह छ, यति सारो,
लाग्छ, अन्यायको विरुद्ध जोकोही हुनेछ तारो !!

होला, यो उनको आफ्नै कथा र अन्तरंगले,
नारी हेर्ने हाम्रा यीआँखा, देख्दैछन् फरकढंगले !!

यी, कोही न कोही एक, नेपाल आमाकी छोरी हुन्,
साहस नै स्वपहिचान भए, अर्थ राख्छ अरु कुन् !!

पूर्खा भन्थे, नारी कोमल हृदय, करुनाकी खानी,
बस्नु पर्छ घरमा, गृहस्थी गरेर, सह्यारी नानी !!

आज नारी बिदेशमा, कोहीको बन्दुक हातमा,
मिथ्या भयो आज नारी हेर्ने, नारीको जातमा !!

जीवराज बुढाथोकी,
खलंगा, ९ सल्यान :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com