गजल I



थाँती भका सारा काम सकाएर आँए
मै हुँ भन्ने मोरी लाई थकाएर आँए||

फर्की आउन लागेको थे डाको छोडि रोइ
जसो तसो बिचरी लाई फकाएर आँए||

दुई मुटु एकै थियो थेन लाज त्यहा
लुकाएका राज हरु बकाएर आँए||

हिडेको थे भेटे पछी के के गर्छु भन्दै
उस्को सामु पर्दा आँफै धकाएर आँए||

प्रोमिल ति बात हरु सुन्दै थिए त्यहाँ
आधा रात अनिदो भै झकाएर आँए||

लजाउदै हेर्दै थिए पछ्यौरीले छोपी
कामुक ति अंग हरु ढकाएर आँए||


जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com