कबिता, नाता सम्बन्ध By, जीवराज बुढाथोकी



झूठो नाताको डोरीमा, संसार बाँधिएको छ,
चाहानाको खाडलमा, सम्बन्ध खाँदिएको छ !!
समानताको रापमा, मित्रता बल्झिएको छ,
स्वार्थको धुनमा सधंै, एकता अल्झिएको छ !!

नाता त अनेक छन्, बंशको वा रगत रंगको,
राजनीतिक वा व्यापार, पेशा वा यस्तै ढंगको !!
रुची चाहाना भावनामा, एकताको सम्बन्ध छ,
सबैमा स्वार्थ छ, स्वार्थले सबै निकास बन्द छ !!

प्रकृतिपनि स्वार्थी छ उपनि अस्तित्व चाहन्छ,
बलवान, बुद्धिमान सबै एकै भए के यो रहन्छ ?
धनी गरीब, सिधा चलाक, कमजोर र बलवान,
एक आपसको भरोसामा टकराहटहरुको अबसान !!

कहिले देखिने यी विचको तनाव केवल स्थान,
परिबर्तनको इच्छा हो, प्रकृतिको होइना बर्दान !!
नाता सम्बन्ध स्वार्थ मित्रता जहाँसुकै जे ठान,
मानवको केवल मानवीय नाता नै एक महान !!

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com