गजल I



मंञ्चन अघिको काहानी छ म संग
आँशुले भिजेको सिरानी छ म संग|१|

सक्दिन उड्न म फिजाएर पंखेटा
अवधी नाघेको राहादानी छ म संग|२|

कसरी गरु म त्यो समुन्द्र मन्थन
नेती पो छिनेको मधानी छ म संग|३|

स्वार्थी छ जमना को पो छ र अछुतो ?
स्वार्थले छोपेको बैमानी छ म संग|४|

के सक्छ स्वीकार्न दुनियाँले मलाई ?
अस्मिता लुटिएको जवानी छ म संग|५|

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com