चर्चित गायिका रिहन्नाको यसपटकको फ्रान्स भ्रमण सुखद नरहेको बताइन्छ। ट्वीटरमार्फत आफ्नो फ्रान्स भ्रमणका बारेमा जानकारी दिएपछि हजारौं प्रशंसक उनको एक झलक पाउन फ्रान्सको एउटा स्टेसनमा भेला भएका थिए।
त्यहाँ भीड अनियन्त्रित भएपछि रिहान्ना अचानक नराम्रोसँग रिसाइन्। उक्त घटनापछि रिहान्नाले ट्वीटरमार्फत नै फ्रान्सेलीहरू निकै उन्मादी भएको टिप्पणी गरिन्- पेरिस नियन्त्रण बाहिर थियो। असामान्य परिस्थिति सिर्जना भएपछि यी सुन्दर गायिका सुरक्षा प्रमुखमाथि पनि बर्सिएकी थिइन्।
सुरक्षाकर्मीहरूले भने भिंड अनियन्त्रित हुनुमा रिहान्ना नै दोषी रहेको बताएका छन्। रिहान्नाका कारण अन्य मानिसलाई पनि खतरा उत्पन्न भएको पेरिस प्रहरीको दाबी छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै