कविता - अँध्यारोमा जुनकिरिहरु I



एउटा काहालीलाग्दो यात्रा
सुरुवात भएथ्यो औशीले ढाक्दा मनहरु
जताततै कालो मात्र देख्थे यि आँखाहरु
अँध्यारो चिर्न जुटेका
एक हुल जुनकिरिहरु
झिमझिमे उज्यालोमा आँफै हाराईरहन्थे ।
आफ्नै स्वार्थका लागि बल्दै निभ्दै
कस्तो बाध्यता ति जुनाकिरिहरुको

यदी बल्दैनथिए भने तिनिहरुको अस्तित्व
मेरो भन्दा के नै फरक हुन्थ्यो होला र ?
ठोकिन्थे अनकन्टार ढिस्काहरुमा
जसरी म ठोकिन्थे, \
भुल्थे जिन्दगीका बाटाहरु
जसरी मैले भुलेथे ।
त्यो पिलपिले उज्यालोको साहारा लिदै
आफ्नो गन्तब्य खोज्दै हिंड्ने म कती मुर्ख

यदी मेरो आफ्नै उज्यालो थियो भने
म पनि जुनकिरी जस्तै बल्थे भने
ढिला हुन्थे होला के भयो त
गन्तब्यमा त पुग्थे होला नि ?
तर रात ढलेर बिहान भईसक्दा नसक्दै
मेरो अस्तित्व समाप्त भैसकेको हुनेथियो
किनकी म उज्यालोमा हराउथे
निसासिन्थे, म पराबर्तन हुन्थे
अनी ठोकिन्थे काला थुम्का ढिस्काहरुमा ।
किनकी अतित अध्यारोमै बित्यो
बर्तमान सम्म पनि म अँध्यारोमै छु
त्यसैले त जुनकिरिहरु सँगै
म मेरा पदचापहरु निहालिरहेको छु ।।

श्रीराम अधिकारि : इज़रायल !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com