गजल I




 विश्वाशको छानो मेरो चुनै सक्दैन
 नर नारी बरा-बरी हुनै सक्दैन|१|

 फंस्नु होला हजुर पनी गोही आँशुमा
 आँशु मात्र झार्छ गोही रुनै सक्दैन|२|

 पानी झार्छु कुवा भर्छु भन्छ भ्यागुतो
 जती उफ्रे पनी आकाश छुनै सक्दैन|३|

 बाँदर त बाँदरै हो बाठो भए नी
ढुङ्रो भरी माली गाई दुनै सक्दैन|४|

 छोरो मर्दा तक्मा दियौ तिम्रो तक्माले
 रगतका खाटा हरु धुनै सक्दैन|५|

 जीतु खड्का गाँउले,
मोरंग उर्लाबारी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com