तीज यसरि मनाइदैं I

दुई वर्षयतादेखि तीज अलि बढी मनाउन थालेकी हुँ। काठमाडौँमा भएका आफन्तले दर खान बोलाएपछि जान्छु। होस्टलमा बस्ने भएकाले धेरै ठाउँमा जानसकेकी छैन। 

दरमा मिठाई, खीर, पुलाउ, राजमा खान साह्रै मन पर्छ। खानेबित्तिकै लाग्ने खालको जिउ भएकाले मोटाइन्छ कि भन्ने डर पनि लाग्छ। त्यसैले खाएअनुसारको एक्सरसाइज गर्छु।
- मलिना जोशी, मिस नेपाल २०११

बौद्ध धर्मको भएकीले पहिले तीज मनाइएन। अरूलाई हेरेरै रमाइलो गर्थेँ। हिन्दू नारीले श्रीमान्का लामो आयु र सुखशान्तिका लागि व्रत बस्छन्। म पनि त्यो अनुभव लिन चाहन्छु। बिहेपछि तीजका व्रत बस्दा कसो हुन्छ त भनी यसपाली व्रत बस्ने सोच छ।
- आयशा शाक्य, खेलाडी

दर खाने, नाच्ने, गाउने, रातो लुगा, गरगहना, मेहदी लगाउनु नै तीजका विशेषता हुन्। तीजमा आफूलाई कसरी राम्रो देखाउने भन्ने हुन्छ। म पनि यसरी नै तीज मनाउने गर्छु। निराहार व्रत बसेर पूजाआजा गर्छु। तर, धार्मिक मान्यताअनुसार श्रीमान्का आयु लामो हुने जस्ता कुरामा विश्वास लाग्दैन। संस्कृतिलाई जोगाउने र पुर्खाको पालादेखि चलिआएको चलन भनी व्रत राखिन्छ।
- नीता पौडेल, एमडी, वेलकम एडभर्टाइजिङ

बिहेपछि मात्र मैल व्रत राख्न सुरु गरेँ। श्रीमान्को रक्षा होस् भनी केही नखाई व्रत राख्ने गरेकी छु। पूजाआजा, नाचगान गरी तीज मनाइन्छ। अहिलेसम्म आठदश ठाउँमा दर खाइसकेँ। सबैसँग भेटघाट हुने भएकाले तीज एकदमै रमाइलो लाग्छ।
- प्रमिला कार्की, गृहिणी

तीज मनाउनुपर्छ तर संस्कृतिको नाम अति गरेको मनपर्दैन। म सामान्य तरिकाले तीज मनाउँछु। तीजको अघिल्लो दिन दर खाने र रमाइलो गर्ने गर्छु। व्रत निराहार नराखी शुद्ध खानेकुरा खान्छु। व्रत केही पाउन वा श्रीमान्को लामो आयुभन्दा पनि आत्मसन्तुष्टिका लागि राखिन्छ।नागरिक
- प्रमिला कार्की, गृहिणी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com