म एउटा यात्री हुँ I



"म एउटा यात्री हुँ जो हिड्दा हिड्दै सकिन्छु म एक दिपशिखा हुँ जो बल्दा बल्दै सकिन्छु ।म एउटा ब्यथा हुँ जो उपचार गरदा गर्दै सकिन्छु र म एउटा अनावारत कथा हुँ जो सुनाउँदा सुनाउँदै सकिन्छु ! 

सम्झनाका बिशाल पहाडहरू खोपेर अतित का ठुला पथ्थर हरु फोरेर छतछुल्ल हुँदै यादको नदि हरु मा सम्झना को लहर बनेर उर्लिन्छु निरन्तर बग्दै जाने यी मनका समानान्तर किनाराहरू जस्तै कहिले भेट हुने कहिले छुट्टिने यो शिलशिला सँगसँगै म फेरी अइपुगेकोछु तिमीलाई भेट्न...

नदेखे पनि तिमीले नभेटे र नबोले पनि म अक्सर तिमीलाई सोध्ने गर्छु कहाँ छौँ तिमी? कस्तो छौँ तिमी ?? उदाशीमा छौँ या उमाङ्गमा छौँ तिमी???जाहाँ रहे पनि जस्तो रहे पनि तिमी जति भागेपनि जति टाढिन खोजे पनि म तिमलाई निरन्तर खोजीरहनेछु...यसरी नै कहिले उदाशीमा कहिले उमाङ्गमा कहिले बेहोसी मा पिडाँमा खुशिमा पलपल हरपल म तिमीलाई खोज्ने गर्छु! तिमीले मान या नमान, महसुस गर्छौ या गर्दिनौ,,,

म तिम्रो दुखमा, तिम्रो उदाशीमा, तिम्रो पिडाँमा मा छु! तिम्रो उज्यालोमा पनि छु अध्यारोमा पनि छु खुशिमा पनि छु पिडामा पनि छु । तिम्ले सम्झिनु मा छु आखिर बिर्सनु मा पनि त छु हरेक पलमा छु सक्दिन..भागी हिड्ने एउटा मुसाफिर जस्तै तिमीलाई पराइ मानेर आफ्नो जिनदगी को सुरुवात गर्न अखिर यि नयन हरुले कसरी सक्छन तिमीलाई पराई मान्न ?????पर्दैन जिवन भरी को साथ दिन बस सम्झना गर्न बाट बन्चित नगराई देउ !!!!बिन्ती...बिर्सनलाई बाध्य नगराउ...!!!"

प्रदिप बुढाथोकी ,झापा , हाल कतार :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com