रोएर सबै पुग्ने भए, जीवनका सबै आँसु, आजै सिध्याई दिन्थे,
पिएर जीउन सजिलो हुने भए, भट्टी जति आजै रित्याई दिन्थे !!
किनेर आत्मीय प्रेम पाउने भए, म आफैलाई बेचेर किनी दिन्थे,
हिडेर स्वर्ग पुग्ने भए सबै छोडी, बाटो खोजी आजै हिडी दिन्थे !!
दिएर कोई आफ्नो हुने भए, सबै झिटीझाम्टो आजै बाँडी दिन्थे,
ढाँटेर सत्यबादी हुने भए, सत्य लुकाई सधै, सबैलाई ढाँटी दिन्थे !!
पढ्दैमा ज्ञानी हुने भए, दुनीयाका विद्यापीठ, चहारेर मात्रै हिड्थे,
कसैको प्रशंसा गरी उसकै हुने भए, नाम जप्दै ताली मात्रै पिट्थे !!
आचार, सदाचार आफ्नै ठाँउमा छन्, यथार्थता आफ्नै ठाउँमा छ,
कुरा एक काम अर्कोतिर , संसार आफ्नै डम्फू, बजाउने दाउमा छ !!
सत्य, निष्ठा र नैतिकता भन्नु, आदर्शका खोल र ढोंग हुन्, यी सबै,
चपाउने दाँत ब्यग्लै भएपनि, हात्ती सुन्दर हुदैन, देखाउने दाँत नभै !!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः काठमाडौं