तीजको शुभकामना !i



यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु ,
बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु l

जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छैन ,
झर्याम झुरुम भएर यो,फुटिजाने काँच नानु l

कहिलेनी ओइलींदैन,सम्झनाको मीठो माला ,
लत्याएर नफाल्नु है,मायाँ प्रीति साँच नानु l

रात पछी दिन आउँछ,घाम पछी छायाँ जस्तै ,
दु:ख पछि सुख आउँछ,नपत्याए जाँच नानु l

रङ्गी चङ्गी पोशाकमा, सजिएर मनाऊ तीज ,
हाँसी, खुसी,सधैँ भरि, रमाई रमाई बाँच नानु l

कोमल भट्ट,काठमाडौँ :
( हाल:- न्युयोर्क )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com