गजल I



स्वाभिमानी नेपालीका सम्मान बेचिए
लेखिएका मस्यौदा र बिधान बेचिए|१|

घण्टा बजाउ दियो बाल के हेर्छौ पूजारी?
आस्था संगै मन्दिरका भगवान बेचिए|२|

अलमल्ल हुँदै छन घाटमा मलामी
सत्यानास हिजै राती चिहान बेचिए|३|

कस्ले लुट्यो खुशी उस्को रुँदै छ बिचरा!!
हाँडा भाडा गरिबका निसान बेचिए|४|

सहमती सहकार्य कुर्शीको खेलमा
सत्ता सामु इमानका दोकान बेचिए|५|

अशिक्षा र अभाबको फाईदा उठाइ
बेसाहारा अबला र नादान बेचिए|६|

इज्रायल अरब अनी कतार दुवैमा
युवा संगै युवतीका बथान बेचिए|७|


जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com