भद्रपुर, असोज ११,
ताप्लेजुङमा प्रहरी जवानको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानका क्रममा सान्थ्रामा गाविस बस्ने श्यामबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
इलाका प्रहरी कार्यालय खाम्लुङ-१ दोभानका प्रहरी जवान भूपाल आचार्यलाई गस्तीमा निस्केको बेला बुधबार राति ८:३० अज्ञात व्यक्तिले पछाडिबाट ढाडमा छुरा हानेको थियो।
धनकुटा निवासी २८ वर्षीय प्रहरी जवान आचार्यको घटनास्थलमै मृत्यु भएको थियो।
सोही घटनामा अर्का प्रहरी २५ वर्षीय चन्द्र देवान राई घाइते भएका छन्। उनको दाहिने हातका नशा काटिएको छ। उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको ताप्लेजुङका प्रहरी निरीक्षक लोकदर्शन थापाले बताए ।
यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारिएको उनले जानकारी दिए ।
प्राप्त जानकारीअनुसार, प्रहरी हवल्दार बवलेशकुमार यादवको नेतृत्वमा निस्केको पाँचजनाको गस्ती टोलीमाथि १०/१२ जनाको एक समूहले एक्कासि आक्रमण गरेको थियो। आक्रमणकारी मलामीका एक समूह भएको अनुमान गरिएको छ। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै