रुकुम, असोज ११,
कमल थापा :- विगत डेढ महिनादेखि २ बालिकाहरु शरीरमा देवीले प्रवेश गरेको भन्दै दैनिक काँप्न थालेपछि परिवार चिन्तित बनेका छन्। सदरमुकाम खलंगाको छिमेकी गाविस साँख- ९ का २ वालिकाहरु १३ वर्षीय सुविक्षा शाह र ७ वर्षीया कल्पना शाह दैनिक ४ पटकसम्म देवी चढेको भन्दै काँपिरहेका छन्। यी बालिकाहरु एकै घरका दाजुभाईका छोरीहरु हुन।
सुविक्षा दाइ भीमप्रकाश शाहकी छोरी हुन भने, कल्पना भाई प्रेम र गीताका छोरी हुन्।
परिवारका अनुसार डेढ महिना अघि जिल्लाको प्रसिद्ध मन्दिर साइकुमारी भगवतीको मन्दिरको दर्शन गर्न पुगेका थिए। घर नजिकै रहेको उक्त मन्दिरमा पुजा गर्दा आफूहरुको हत्केलामा सर्प आएको भन्दै दर्शन गर्न पुगेका परिवारका सदस्यहरुलाई बताएका थिए। तर, त्यतिवेला उनीहरुका सदस्यहरुले उल्टै हकारेका थिए। त्यसै दिनदेखि देवी चढेको भन्दै त्यी बलिकाहरु बर्बराउने, काँप्ने र देवी देवताको बखान गर्न थालेको कल्पनाको आमा गीताले बताइन्।
देवी चढेको भन्दै उनीहरुले घर छाडेका छन्। परिवारले छुट्टै मन्दिर बनाइदिएका छन्। उनीहरु त्यहि मन्दिर परिसरमा बस्दै आएका छन्। त्यसयता उनको मुखमा अनाज परेको छैन्। फलफूल र पानी मात्र खाने गरेका छन्।
परिवारलाई भात नखान भनेका छन्। भात खाएमा देवी रिसाउने भन्दै रोटी मात्र खानु भन्ने गरेका छन्। ठिक होला भनेर उनिहरुलाई परिवारले जिल्लाका विभिन्न धार्मिक पिठहरुमा लगेका छन्। तर, उनिहरको सञ्चो हुन सकिरहेको छैन्।
कति वेला ठिक हुने र कतिबेला देवी देवताको नाम जप्दै काँप्ने गर्ने उनिहरुको यस्तो दिनचार्यले आजित र चिन्तित भएको परिवारले जनाएको छ। ‘डेढ महिना भयो छोरीहरु घर छोडेको हामीलाई सम्हाल्नै धौ धौ परेको छ, विगतका सवै कुरा भन्दै आएका छन् ।
उस्तै मिल्ने गरेको छ,' गीताले भनिन्, ‘यसकै कारण पढाई पनि छोडिसेका छन, बोकाको धेरै बलि दिइयो।'
उनीहरुले आफूहरुलाई अस्पताल लानु नपर्ने बताउने गरेका छन्। देवीले छोडेको समयमा अन्य साथीहरुसँग खेल्ने गरेका छन्। हाल सर्वसाधारणहरले पुजा पाठ गर्ने र भाकल गर्दै आएको साइकुमारी मन्दिरवाट देवी रिसाएर अन्यत्र सरेको उनीहरुले बताउँदै आएका छन्। ‘यो मन्दिरमा रगत देखियो, त्यसैले देवी रिसाएकी छिन्,' काँप्दै सुविक्षाले भनिन, ‘अब यस ठाउँवाट देवी रिसाएर अन्यत्र सरेकी छिन्।'
साइकुमारी भगवतीको मन्दिरमा केहि महिना पहिले देखिएको सर्पलाई मारेको स्थानीयहरुले बताएका छन्।
प्रेम केसीका अनुसार विगतमा भएका सबै कुराहरु बालिकाहरुले फटाफट भन्दै आएका छन्। ‘देवी शरीरमा चढेको बेला यी बालिकाहरुले भन्ने गरेका कुरा सबै मिल्दै आएका छन्,' केसीले भने, ‘हामीले समेत विर्सेका विगतका कुरा यी बालिकाले भन्दा हामी पनि विश्वास माग्न बाध्य भएका छौं।' उनीहरुले ज्योतिसी झैं सकै कुरा फटाफट भन्दै मिलाउने गरेकोले जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, निजामति प्रमुख र अन्य सर्वसाधारण हेर्न भन्दै जाने गरेका छन्। उनीहरु समान्य मासिनहरु जस्तै कुराकानी गर्ने गर्छन्।
यी वालिकाहरुले काठमाडौंका पशुपतिनाथले आफूहरुलाई आमन्त्रण गरेको भन्दै लैजान परिवारलाई दबाब दिएका छन्। पशुपतिनाथको मन्दिरबाट निस्कने सर्पले गेटमा आएर हामीहरुलाई भित्र लैजाने छ भन्दै आएका छन्। ‘हामीलाई पशुपतिनाथमा बोलावट भएको छ,' वालिका कल्पनाले भनिन्, ‘पशुपतिनाथमा पुग्दा सर्पले गेटमै आएर हामीलाई भित्र लैजाने छ, त्यतिबेला अरु मानिस डराउनु पर्दैन्।' पशुपतिनाथको सर्पले मानिसलाई क्षति नपुर्याउने उनीहरुको दावी छ। उनीहरुको आग्रहमा परिवारले यी बालिकाहरुलाई आज नै काठमाडौं लगेका छन्। नागरिक