आमा तिम्ले जन्मदिइ धर्तिमा छुवायौ l
दुद धारा अमृत प्याई हामीलाई हुर्कायौ l
आफ्नो मुटु फुटाएर हालि दियौ भित्र l
नखाएर भोकैबस्यौ हामीलाई खुवायौ l
रातो दिन मायागर्यौ जागा बसी बसी l
हामी लाई हँसाएर आफूलाई रुवायौ l
मनभरी पीरलियौ आफ्नो खुसी बिर्सी l
हामीलाई पार लगाई आफूलाई डुवायौ l
आफ्नो खाँचो नटारेर अभावमा बस्यौ l
सधैं आँशु पुछ्यौ हाम्रो आफूले चुहायौ l
कोमल भट्ट,काठमाडौँ (हाल:-न्युयोर्क)