तिमीसंगका तिता-मिठा पलहरु मेरो मानसपटलमा प्रतिबिम्व भएर सल्बलायका छन ...♥..!!!
कसरी शुरु गरौ जीवनका तिता मिठा पल हरु जीवन त मिलनबिछोड ,सुखदुखको सँगम रहेछ कहिले हाँसो कहिले रोदन कहिले मिलन त कहिले बिछोड जे हुँदा पनि आँखा हरु रसाँउदा रहेछ्न त्यसैले त लाग्छ जिन्दगी एक आँशु हो चाहे त्यो मिलनबिछोड होस् या सुखदुख जे भए पनि साथ यि आँशुले नै दिँदोरहेछ हिजो आज बियोगको पिडामा म रुने गर्छु तिम्रो आँशु पुछ्ने यि हात हरु आज आफ्नै आँशु पुछ्न विवस छ हिजो त तिम्रो रुने काख पाएकी थिए आँशु पुछ्ने हात पाएकी थिए तर हेरन म कती अभागी छु न रुने काख नै छ न आँशु पुछिदिने हात नै !
मन भरी पिडा लिएर अश्रुत हाँसो हाँस्न साह्रै गार्हो हुदोरहेछ आजै जस्तो लाग्छ तिमी सँग बिताएको ति पलहरु ति क्षणहरु म कसरी भुल्न सक्छु र तिम्रो काखमा टाउको राखेर रुने गर्थे तिमीलाई थाहा छ त्यो जुन पनि यही धर्ती तिर नै झुकेको हुन्छनी यदि यो धर्ती नहुँदो हो त त्यो जुनको रोशनिको के अर्थ रहयो र तिमीलाई एक जन्म हैन हजारौं जन्म साथ दिनेछु आज पनि मलाई तिम्रो मुस्कानले झस्काइरहन्छ जब आँखा बन्द गर्छु तिम्रै तस्बिर वरिपरी घुमिरहन्छ अनी अतितका ति दिनहरुमा हराउछु एउटा मिठो सपना अनौठो कल्पना जहाँ मात्र हामी रमाइरहेका हुनेछौ एकअर्कामा समर्पित हुनेछौ यस्तै यस्तै...♥...
जब आँखा खोल्छु त आफुलाई नितान्त एक्लो पाउछु....♥....तिम्रो चोखो माया के गर्नु मलाई आज तिम्रै मायाले सताइरहेछ तिमीले मेरो चोखो मायालाई बुझ्न नसकी म संग टाडा हुने विचार गर्यौ आखिर तिमीले के नै पायौ आखिर मलाई मायाको भुमरिमा धकेलेर अब त तिमी म बाट धेरै टाढा पुगिसकेछै तर पनि किन तिम्रो यादले आज मेरो मुटु चिरिन्छ अनी फेरी कोमल हृदय दुखेर यि नयानहरु बाट आँशुका बर्षात हुन्छ .
तिम्रै आगमन त हो नि अब म खै यो अबशिश्ट जिन्दगीलाई कहाँ लगेर बिश्रान्ती दिलाउँ ? जब कुनै गन्तब्यको स्वर्गिय स्थल नै भेटिदैन यो जुनिमा त तिमीलाई यो हृदयको सिंहासनमा आसिन गराउन् मेरो कमजोरीले हो कि तिम्रो बाध्यताले सकिन यदी अर्को जुनी लिएर आएँ भने पनी यो हृदयको सिंहासन तिम्रै लागि खुल्ला हुनेछ ...♥......♥......♥.....
अन्तमा तिमीलाई मेरो अल्पकालिन जिबनको दिर्घकालिन अशिम शुभकामना जिन्दगीको गोरेटोमा कहिले नमेटिने छाप यो हृदयमा तिम्रो माया रुपी यादहरु ,स्मृतिहरु सम्हालेर राखेकि छु अब यो शरीर रहन्छ त केवल तिम्रो भएर जिन्दगीको अन्तिम घडीमा पनि तिम्रो अविस्मरणिय माया र एक थोपा आँसु सहित बिदा चाहन्छु ....♥...♥.. !!!
बिस्नु बस्ताकोटी :
पोखरा हाल - इज़रायल :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै