झुटो के हो सत्य के हो थाहा हुन्न कुनै बेला
भोग्नु पर्छ जिन्दगीले अन्योलको झमेला
जित्नै पर्ने पुग्नै पर्ने हतारो छ संधै
आफ्नै संसार सजाउने चट्टारो छ संधै
कोही नाच्छन् बेतालमा कोही नाच्छन् तालमा
बेहिसाब पर्ने गर्छन् समयको जालमा
अरुको मन बुझ्ने फुर्सद छैन कसैलाई
बनावटी हाँस्नु पर्छ दुनियाँमा सबैलाई
कोही गाउँछन् सुरमा कोही गाउँछन् बेसुर
धरातल बिर्सिंदा जीवन पुग्छ धेरै दुर
लक्ष्मी पोखरेल