सपनीमा मैले आज बन्द एउटा खाम देखेँ
खोली हेर्दा खामभित्र नेपाल भन्ने नाम देखेँ
आँखा अझै बन्दै थिए अघि बढ्दै गए म नि
साक्षात मलाई दर्शन दिने बुद्द सँगै राम देखेँ
बालुवामा तातो हावा खाँदै अझै बढ्दै गएं
पर-पर मेरो आफ्नै देशसँगै गाम देखेँ
कसो-कसो एकासी म डुब्न पुगे सागरमा
कम्पन छुट्दा जाडो लाग्दा न्यानो तात्तो घाम देखेँ
सपनी थ्यो आखिर मैले फेरि पनि ब्युँझिनु थ्यो
ब्युँझे पछि मरुभूमीमा गर्नु पर्ने काम देखेँ ।
राजेश रुम्बा लामा 'अतृप्त्'