गीत I




बग्दा बग्दै अडिएकी, मझधारको डुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

मेरो पनि मुटु छ नि ,चल्छ बरु सुस्त सुस्त
देखिंदैन बलेको यो, जल्छ बरु सुस्त सुस्त
बिर्स्यौ क्यारे म पनि ,फूल्को एउटा थुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

छैन होला मसंग , हिरा मोती सुन चाँदी
मात्र एउटा इज्जत छ ,राखेकी छु मन्ले बाँधी
तिम्ले सम्झ्यौ बजारमा ,सजाउने मुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

बिना तामाङ'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com