अनगिन्ती सुखद यामहरु
आइरहन्छ आँङ ढाक्न
हरियो दुवोको नरम्
भुवादार गलैचाँमा
तेर्सिएर म ताप्छु घाम
रमाईलो छ वातावरण
सुगन्धित छ जीवन
तै पनि मलाई जीन्दगी
किन यति नमिठो लाग्छ?
सुमधुर ध्वनीहरु
म भित्रै गुञ्जिरहन्छन्
सुकुमारी नृत्यङ्गनाहरु
मै भित्र नाचिरहन्छन्
फराकिलो धर्ती टेकेकै छु
छातीभरि आकाश बोकेकै छु
फेरि पनि जीन्दगी
किन यति नमिठो लाग्छ?
म उभिएको पहरामा
रक्ताम्य गुराँस फुलेकै छ
सुनाखरी,सुनगाभा हाँसेकै छ
परपर निलो चाँदरमा
तरुनी घाम टाँगिएकै छ
उल्लासमय छ जीवन
तै पनि जीन्दगी
किन यति नमिठो लाग्छ?
बिना तामाङ' सुनगाभा'
काठमान्डौं