इमेल बाट प्राप्त सुचना, 'तामाङ डाजाङको आठौं अधिवेशन सम्पन्न' I


सन्चु ब्लोन काठमाण्डौ,२०२६९ श्रावन २३,

'तामाङ डाजाङको आठौं अधिवेशन सम्पन्न'

तामाङ डाजाङको हिजो सम्पन्न आठौं अधिवेसनले बुद्ध योन्जनको अध्यक्षतामा १७ जनाको नयाा कार्य समिती चयन गरेको छ । राजधानिको प्रज्ञाप्रष्ठिानको हलमा भएको निर्वाचनबाट बाट बुद्ध योन्जनको प्यानल बिजय भएको हो । अध्यक्षमा जम्मा खसेको २८ मत मध्ये १८ मत सहित योग बहादुर घिसिङलाइ हराउदै बुद्ध योन्जन बिजय हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा सन्चु ब्लोन बिजय हुनुभएको छ । सन्चु ब्लोनले २२ मत प्राप्त गर्नुभयो भने उहााका प्रतिद्धन्द्धि ढकबहादुर घिसिङले ६ मत मात्र प्राप्त गर्नुभएको थियो । त्यसैगरी डाजाङको कोषाध्यक्ष पदमा लिलाबहादुर दोङ निर्वाचित हुनुभएको छ । लिलाबहादुर तामाङले १८ मत पाउनु भएको थियो भने प्रत्यासि रिना बम्जनले १० मत मात्रै प्राप्त गर्नु भएको । सचिव र सहसचिव पदमा भने क्रमश: रामकुमार जिम्बा र अर्जुन पाख्रिन निर्विरोध हुनुभएको छ ।

अधिवेशनले सदस्यहरुमा अटुट दोङ, फुलकुमार बम्जन, मनिषा मोक्तान, बिना तामाङ, सम्बर थिङ, मोतिलाल दोङ, सोनम योन्जन, प्रकाश थिङ, अस्मिता थिङ, रोज मोक्तान, मिनदोर्ने थिङ र चन्द्र तितुङ चयन गरेको छ ।

राजेशरुम्बा लामा :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com