नलेख्दा नि लेखुँ लाग्छ, लेखे पछि भेटुँ लाग्छ
यो मायाको रीत कस्तो, सधैँ सधैँ देखुँ लाग्छ
बसन्तले पाइला टेके, बन पाखा यौवन तुल्य
जति दु:ख कष्ट सहु, मायाको नै हुन्छ मुल्य
बाटो हेरी बसु जस्तो, बसे पछि भेटुँ जस्तो
हुरी बतास जति आवास, नमेटिने माया कस्तो
निष्ठुरी भै जान्छ एउटा, अर्कोलाई हुन्छ पीर
नदी खोला जति बगोस, मायाको चै हुन्न तीर
मुटु भित्रै रोपु जस्तो, रोपे पछि देखु जस्तो
सजाएर राख्छु भन्छु, पर भाग्ने माया कस्तो
नलेख्दा नि लेखुँ लाग्छ, लेखे पछि भेटुँ लाग्छ
यो मायाको रीत कस्तो, सधैँ सधैँ देखुँ लाग्छ
सन्तोस सिवाकोटी :
झापा, हाल-इज़रायल :