कविता I



यति सुन्दर सानो देशलाइ भाग लगाउन थालेछन :
तेरो-मेरो भनि आज एक-अर्कामै बार बार्न थालेछन :

ठुलो रहेछ पद र पावार नै सबै यसैको पछी लागेछन :
जन-बिस्वाशको सिढी चडी आफ्नै स्वार्थ भर्न थालेछन :

एकै आमाको दुध पीइ त्यहि छातीमा उफ्रिन थालेछन :
नंग्याएर आफ्नै इतिहास जीत सम्झी हास्न लागेछन :

पुगेन गुथि झूट्टो पगरी पहिचानै धितो राख्न लागेछन :
मोल-तोल गरि जनताको रगत प्यास मेट्न थालेछन :

गरि जात-भातको कुरा भाइ-भाइ जुधाउन लागेछन :
पुरा गर्न आ-आफ्नो स्वार्थ देशनै टुक्र्युउन लागेछन :

झुक्ने र दुख्ने यहि गरीव फेरी मारमा पार्न लागेछन :
अन्योलमा छ देश आज बार-२ मिती सार्न लागेछन :

यासिन राइ :
काठमाण्डौ, हाल इज़राय

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com