गीत I



सागरका निश्चल ती, लहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ !

मधुरय संगीतम, समलाको ताल'हौं तिमी
प्राण मेरो जीवनको, ढुकढुकी चाल'हौं तिमी.
जिन्दगीका अनगिन्ती, रहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ ;

सु शोभित सरगम, फूल्को मिठो सुबास तिमी
यो मुटुको मुटु भित्र, मायालुको आभास तिमी.
मौसमका हरेक'ती, प्रहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ ;

सागरका निश्चल ती, लहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ !

'नरेन्द्र घर्ती '

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com