कविता I



असारे झरीमा कोदोको ब्याड सार्न तिमी आउछु भन्थ्यौ :
साउने भेलमा असिने खोला तार्न तिमी आउछु भन्थ्यौ :

कुटो,कोदालोमा खिया लागि सके उध्याउन आरन लान्छु भन्थ्यौ :
नहर खनी बाँजो खेतमा हलो-जुवा गरि बिर्ताउँन आउछु भन्थ्यौ :

फाट्यो घुम बर्खे झरीले चोया-काटी नयाँ बुन्न फेरी आउंछु भन्थ्यौ :
बर्षौं बिते कुन्यु कुहिएर गए दायी लाउँन आफै म आउछु भन्थियौ :

सहि सक्नु छैन ऋणको ब्यथा ब्याज तिर्ने बेला आउछु भन्थ्यौ :
पाकेर वाली झुर्रियेर गए बिट्टा बान्ने बेला तिमी आउछु भन्थ्यौ :

चुहिना थाले घरको छानो, छाउन आफै आउंछु भन्थ्यौ :
भत्किन थाले घरका भित्ता, गारो लाउँन आउछु भन्थ्यौ :

तर, आज तिम्रो बेखबरले नयनहरु निथ्रुक्क छन् :
सन्चो, बिसन्चो के छौ खै ! प्रतिक्षमा तिम्रै -
बुढा बा-आमाको दिनहरु बित्दै छन : कविता

यासिन राइ :
काठमान्डौ, हाल इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com