काठमाडौ, श्रावण २७ ,
सुन्दरता र बौद्धिकताको पहिचानमा लागेका मिस नेपाल यूएसएका सहभागीहरूले न्युयोर्कमा हालै टयालेन्ट शो गरे । अगस्ट ४ मा अस्टोरियास्थित चियान फेडेरेसन हलमा २८ प्रतियोगीले आ-आफ्ना प्रतिभा देखाएका हुन् । उनीहरूमध्ये अधिकांशले नृत्य, गीत र अभिनय क्षमता देखाएका थिए ।
शोको सुरुमा एकता भाव झल्किने फेसन शो गरिएको थियो, कार्यक्रमका अतिथि मिनिस्टर कन्सुलर अमृत राई प्रतियोगीलाई हौस्याउन र्याम्पमै उत्रिएका थिए । टयालेन्ट शोको निर्णायकमण्डलमा चाहिँ कृष्णमान तुलाधर, रामराज क्षेत्री, गायिका नलिना चित्रकार, राज कपुर, पत्रकार आङछिरिङ शेर्पा र गायक यम बराल थिए ।
ई-प्लानेट नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेसन अमेरिकाको सहकार्यमा गर्न लागेको प्रतियोगिताको यो देास्रो संस्करण हो । प्रतियोगिताको अन्तिम नजिता भने अगस्ट ११ तारिखमा हुनेछ ।
युवा सशक्तीकरण र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको इभेन्ट प्लानेटका निर्देशक अमित शाहले बताए । उनले विजेता हुनेलाई ५ लाख डलरको इन्सुरेन्स व्यवस्था, ५ हजार डलर पुरस्कार लगायत पुरस्कार प्रदान गर्ने बताए । इकान्तिपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै