माया गर्छु भन्नेले नै घात गर्न थाल्यो
अचानक मुटु आज गाँठो पर्न थाल्यो
देवि ठान्थें उसैलाई मन् मन्दिरमा राख्थें
पिलाउँला अ मृत् भन्थे विष छर्न थाल्यो
आस्था अनि विश्वासका खाडल् गहिरो पार्दै
अविश्वासका बाछिटाले खाडल भर्न थाल्यो
खुला आकाश् खुला मैदान् खुला मेरो मन
छोडी आज सबै उ त कतै सर्न थाल्यो
रित्तो थिएं रित्तो नै छु रित्तै हुने भएं
'अतृप्त'लाई एक्लै पारि उतै चर्न थाल्यो
राजेश रुम्बा लामा 'अतृप्त'