गजल I



माईती अनि चेलीको मायाप्रीत खै त तीज?
आजभोली वेदनाको मिठो गीत खै त तीज?

दु:ख पीडा भोग्दै रुदैं चेली घरमा बस्दा
दाजुभाई आई लाने सुन्दर् रीत खै त तीज?

दिदी बैनी आमा छोरी जो भएनी नारी
सबै मिली गर्नु पर्ने तिन्को हीत खै त तीज?

हिजो आज उत्शृखंल शब्दसंगै नाच्छौ
उबेलाको शब्दसंगै मर्ने धीत खै त तीज?

स्रोह शृङ्गार् गर्दै आफै चुरासंग अल्झ्यौ
त्यस्ता बन्धन् चट्ट काट्दा हुने जीत खै त तीज?

उस्तै व्यथा उस्तै कथा एक् अर्कामा पोख्दा
आफ्नै व्यथा सम्झिदिने मन्को मीत खै त तीज?

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com