अगस्ट ७ तारिख अर्थात् साउन २३ गते मंगलबार मिस ग्लोबल नेपाल-२०१२ को ग्रान्ड फिनाले हुने भएको छ। पहिलो पटक सञ्चालन हुन लागेको यो प्रतियोगिताको मुख्य उपाधि दौडमा मिस नेपाल-२०१२ का सहभागीहरू नीलम चन्द र अलिशा कुँवरका साथै मिस नेपाल-२०१० की प्रतिस्पर्धी रक्षा थापा पनि छिन्।
प्रतियोगितात्मक कार्यक्रमहरूको जेठो प्रतिस्पर्धामा अनुभव सँगालिसकेका यी नामसँगै, रञ्जु कुँवर, रिजु श्रेष्ठ, दीपिका खड्की, सन्जु श्रेष्ठ, शैबी पाण्डे, दीपिका चन्द, सुजिता भट्ट, वासना तिमिल्सिना, मनिला कार्की, जेनिफा योङ हाङ, सराबिनी कार्की, रोशनी पुन, रचना अर्याल, मनिशा गुरुङ तथा रोशनी आरडी गरी १८ जना प्रतिस्पर्धी मिस ग्लोबल नेपाल-२०१२ को उपाधि दौडमा सहभागी छन्।
गत तीन सातादेखि प्रतियोगिताका लागि तयारी र ग्रुमिङ सेसनमा सहभागी रहेका यी युवतीहरूलाई पूर्व मिस नेपाल श्वेता सिंहले विभिन्न विधामा प्रशिक्षण दिइरहेकी छिन्। प्रतियोगिताको तयारीकै क्रममा फोटोग्राफर राजभाई सुवाल, पूर्व मिस नेपाल सुगरिका के.सी., शिरोमणि दवाडी, रूपेश श्रेष्ठ, रमन नेपाली, रुबय नाथ कोइराला आदिले विविध उपयोगी विषयमा सहभागीहरूलाई जानकारी गराएका छन्।
सहभागीहरूको ओभर अल मेकओभर भिएलसीसीले गरेको छ। जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा जयन सुब्बा मानन्धरको कोरियो ग्राफीमा मंचन हुने मिस ग्लोबल नेपाल-२०१२ की प्रतियोगिताका विजेताले उत्तर अमेरिकी राष्ट्र जमैकास्थित मोन्टेगो बे कन्भेन्सन सेन्टरमा सेप्टेम्बर महिनामा सञ्चालन हुने 'मिस ग्लोबल इन्टरनेसनल-२०१२' मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। spk:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै