फलको आसा किनागर्छौ बोट त यहाँ सुकिसक्यो |
स्वाभिमान को कुरा किना गर्छौ देश त यहाँ झुकिसक्यो ||
सन्ति किन हुन्थियो यहाँ बिदेशिको इसारामा चलेपछि |
आपसमा सहमती सहमती भन्दै कुर्ची मोह बढेपछि ||
देश ले निकास पाउने कहिले दलालिको ईशारामा चलेपछि |
हामले सुख कहिले पाउने हरुवाको हातमा साँचो परेपछि ||
अत्याचार सहनुपर्ने नेपालीको पेशा जस्तै भएपछि |
दुब्नेभयो देश त यहाँ अभिभाबक बिहीन भएपछि ||
ख़ुशी थिए जनता अब यहाँ नयाँ नेपाल बन्छ भनी |
पाहिले कसले सोचेथ्योर एस्पालीनि फोहोरी खेल हुन्छ भनी ||
खबरदारी गर्ने कस्ले आज यहाँ अरुको इशारामा चल्नेहरुलाई |
सर्वहारा सर्वहारा भन्दै यहाँ आफ्नै खल्ती भर्दै हिड्ने हरुलाई ||
जङ्गल मुखी थिए सबै सहर मुखी भैसकेछन् |
छाती खोलि गोलि थाप्नेहरू गाउमै बसिरोइहरेछन्||
छाती खोलि गोलि थाप्नेहरू गाउमै बसिरोइहरेछन्||
सुरेश बोहरा :